२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • १०६७ पाठक संख्या
  • आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बारा निजगढ न.पा. वडा नं २ बस्ने बर्ष ५३ को जीवन नेपाली छन् । उनले काभ्रेको बेथानचाके १ हात्तिसुडे खोल्सामा श्रीमतीको हत्या गरेर पाmलेको अवस्थामा भेटिएको थियो ।

    हत्या गरेर फरार रहेका नेपालीलाई प्रहरीले पिछा गर्दै मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका वडा न १० बसपार्कबाट स्थानिय प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । नेपालीलाई पक्राउ गरी जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए । मृतक महिलाको शव भने उनको देवर राजेन्द्र कुमार नेपालीले लाश सनाखत गरी आफ्नै दाजु विरुद्ध कर्तब्य ज्यान मुद्धामा जाहेरी दरखास्त दिएको प्रहरीले जनाएको छ ।

    प्रहरीको अनुसार जीवन र उनी श्रीमती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, निजहरु बिच आर्थिक कारोबार सम्बन्धमा बाद बिवाद हुने गरेको र गत मंसिर २३ गते पनौतीबाट बेथानचोक हुँदै निजगढ बारा जाने भनि श्रीमतीलाई सँगै लिई बेथानचोक गा।पा।वडा नं १ हात्तीडुंगा स्थित खोलाको छेउमा रातको ११ बजेको समयमा पुगि मृतक श्रीमती सिता नेपालीलाई हात तथा लात्तीले प्रहार गरी हत्या गरेको र घटना पश्चात घटनास्थलबाट फरार रहेको खुल्न आएको छ ।

    प्रतिक्रिया दिनुहोस