२०७७ माघ ७, बुधबार | Wed, 20, Jan, 2021

काभ्रेमा कोरोना : १७ जना नयाँ संक्रमित थपिए

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ हप्ता अघि
  • ९१ पाठक संख्या
  • जिल्लामा आज थप १७ जना नयाँ कोरोना संक्रमित थपिएको छ । ।

    आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट ३ जना पुरुष र २ जना महिला गरी जिल्लामा आज थप १७ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयका प्रमुख डा नरेन्द्र कुमार झाले जानकारी दिए ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ५२ पुगेको छ । त्यस्तै जिल्लाका कुल संक्रमितमध्ये ३ हजार ८८ जना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै काभ्रेमा अहिले १ सय २० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने जिल्लाका ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस