२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

प्रतिनिधिसभा विघटन विरुध्दमा पुष १३ गते काभ्रे काँग्रेसको भकुण्डे र बनेपामा विरोधसभा

  • २०७७ पौष ११, शनिबार मा प्रकाशित २ साल अघि
  • ६५७ पाठक संख्या
  •  

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्‍न अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सबैमा सक्रिय सहभागिताका लागि त्यस्तो अपिल गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन विरुध्दमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । जस अनुसार नेपाली काँग्रेस काभ्रेले दुई ठाउँमा विरोध कार्यक्रम तय गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार काभ्रेको दुईवटा प्रतिनिधि सभा क्षेत्र अन्र्तगत क्षेत्र नं १ को भुकण्डेबेशी र क्षेत्र नं २ को बनेपामा विरोध कार्यक्रम हुने नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए ।

    पार्टी केन्द्रीय सभापति देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठकबाट विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गरेका छन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुध्द कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको देउवाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस