नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले काभ्रेमा छुट्टा छुट्टै कार्यक्रमको आयोजजना गरेका छन् ।
संसद विघटन भएपछि दुइृ पक्षमा विभाजन भएको नेकपाको केन्द्रमा विभिन्न कार्यक्रम भइरहको भए पनि काभ्रेमा आईतवार (भोली) औपचारिक रुपमा छुट्टा छुट्टै कार्यक्रम तय भएका हुन । नेकपा ओली समूहको धलिखेलमा मोटरसाइकल र्याली हुँदैछ भने प्रचण्ड–नेपल समूहको बनेपाको कायस्थ बैंकुटमा अगुवा कार्यकर्ता भेलाको आयोजना भएको छ ।
ओली पक्षका नेता तथा भर्खरै नेकपाको केन्द्रीय सदस्य भएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले फेसबुकमा स्टेटस राख्दै ओली पक्षधरको भोली (आईतवार) १० बजे धुलिखेल बसपार्क नबिल बैंक अगाडी जम्मा भएर मोटरसाईकल र्यालीमा सहभागि हुन भनिएको छ ।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल समूहले बनेपाको कायस्थ बैंकुटमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको लागि नेकपा जिल्ला सचिव एवं मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईवाले फकेसबुकमा स्टेटस लेख्दै बनेपाको कायस्थ बैंकुटमा अगुवा कार्यकर्तालाई जम्मा हुन निमन्त्रणा गरेका छन् ।
नेकपाको प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेता हितबहादुर तामाङ लगायतको सहभागितामा भोली (आईतबार) विहान ११ बजे अगुवा भेला गर्न लागेको स्टेटसमा उल्नेख छ । अगुवा कार्यकर्ता भेलाको लागि नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव वाईवाले सयुक्त रुपमा आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस