२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

सुनकोशी खानेपानीका उपभोक्ता तथा सरोकारवालालाई अभिमुखिकरण

  • २०७७ पौष १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६१८ पाठक संख्या
  • शहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यान्वयनले सुनकोशी खानेपानी आयोजनाको उपभोक्ता समिति तथा सरोकारवालाहरुलाई अभिमुखीकरण गरेको छ ।

    पाँचखाल नगरपालिकाको सभाहलमा आयोजना भएको अभिमुखिकरण कार्यक्रम दुईदिन चलेको थियो । अभिमुखिकरणमा आयोजनाको बारेमा परामर्शदाताका टोली प्रमुख रामचन्दै देवकोटाले, सामाजिक सुरक्षणका बारेमा समिर ढकाल, बाताबरणीय मुल्य मान्यता बारेमा योगेश शाक्य र आदित्य अमोल, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, प्रतिफलमा आधारित सहयोग कार्यक्रम, गुनासो सुनुवाई समिति गठन प्रकृया र सम्झौता व्यवस्थापन खरिद प्रकृयाका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।

    अभिमुखीकरण कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, सुनकोशी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, नगरभित्रका खानेपानी पुग्ने वडाका वडा अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु, आयोजनाका कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस