२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रारम्भिक कक्षा पढाइ : चाँडै बुझ्ने र सिकाउन सजिलो

  • २०७७ पौष १०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १९८२ पाठक संख्या
  • नमोबुद्ध २ मा रहेको जन जागृति प्राविको शिक्षिका रविना लामाले पढाउन थालेको निकै भइसक्यो । आफुले जसरी पढ्दै आइयो त्यसरीनै पढाउँदै आएकी लामा विगत केहि महिनाबाट फरक हिसावले पढाउन थालेकी छिन् । उनीले संकेतका आधारमा पढाउँदै आएकोमा अव उनी विद्यार्थीलाई फरक विधि ठोस (बस्तु) र अर्धठोस (चित्र)को सहयोग लिएर पढाउन थालेकी छन् । लामाका विद्यार्थीले यसरी पढाउँदा संकेतबाट पढाएको भन्दा चाँडै अक्षर चिन्न थालेका छन् । ‘संकेतबाटमात्र पढाउँदा सिक्न समय लाग्ने गरेको थियो । अहिले संकेत सँगै ठोस र अर्धठोस मार्फत पढाउँदा विद्यार्थीले छिट्टै अक्षर चिनेका छन् ।’–शिक्षिका लामाले भनिन् ।

    उनी सँगै सोहि विद्यालयकी शिक्षिका रिमा थापाले गणित विषय पढाउँछिन् । उनि पनि परम्परागत तरीकामा शिक्षण गर्थिन । तर उनले शिक्षण सिकाई सम्बन्धी तालिम लिएपछि फरक तरीकाबाट पढाउन शुरु गरेकी छिन् । विद्यार्थीलाई जोड घटाउ गर्न समेत समस्या हुन्थ्यो । ठोस (बस्तु) र अर्धठोस (चित्र) बाट पढाउन थालेपछि छिटो बुझने र प्रभावकारी भएको बताईन । नमोबुद्ध १ मा रहेको लक्ष्मीनारायण माविका शिक्षिका रेखा श्रेष्ठले प्रारम्भिक कक्षा पढाई सम्बन्धी तालिम लिएपछि पढाउन सजिलो भएको बताउछिन् । ‘मुखले मात्र पढाउँदा भन्दा व्यवहारमा पढाउँदा फरक पर्दो रहेछ ।’– उनले भनिन्, मुखमा कण्ठ भएपनि व्यवहारिक रुपमा नजानेका विद्यार्थीहरुको सिकाईमा वृद्धि भएको छ ।’

    लामा, थापा र श्रेष्ठ प्रतिनिधि पात्र हुन् । सेभ द चिल्ड्रेन र नाङशाल एसोशिएसन नेपालको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयमा प्रारम्भिक कक्षा पढाई शुरु भएको छ । सरकारले ३६ वटा जिल्लामा नमुनाको रुपमा यो कक्षा सञ्चालन गरेपनि काभ्रेमा भने सेभ द चिल्ड्रेन र नाङशाल एसोसिएशननेपालले नमुनाको रुपमा नमोबुद्ध नगरपालिकामा पढाई कक्षा शुरु गरेका हुन् । माथिल्लो कक्षामा पुग्दा पनि अक्षर नचिनेको पाइएपछि तल्लो कक्षामानै अक्षर चिन्न र सुद्ध उच्चारण गर्न सकुन भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक पुस्कर काफ्लेले जानकारी दिए । कक्षा सिकाईको लागि नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयका कक्षा १ र २ का विद्यालर्थीलाई नेपाली र गणित विषय प्रारम्भिक कक्षा पढाई अनुसार अध्ययन गराईएको नाङशाल एसोसिएशन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानले जानकारी दिए । उनका अनुसार माथिल्लो कक्षामा पुग्दा पनि अक्षर नचिनेको, शुद्ध उच्चारण गर्न नसकेको भएर यो कार्यक्रम सञ्चालन गरिएको हो । यो पढाई अन्र्तगत विभिन्न चरणमा सिकाई हुने उनको भनाई छ । कक्षा पढाईमा ध्वनी सचेतना, अक्षर चिनारी, उच्चारण शैली, अक्षर अक्षर जोडेर शब्द भण्डार, पठन बोध र लेखन शिपलाई जोड दिईएको छ । २०२० जनवरीवाट शुरु भएको यो कार्यक्रम २०२१ सम्म सञ्चालन हुनेछ । नयाँ विधि भएकोले केहि कठिनाई भएपनि विद्यार्थीको सिकाईमा यो विधिबाट चाँडै सिक्ने तथा उच्चारणमा पनि सजिलो भएको हुनाले यो शिक्षा प्रभावकारी रहेको जानकारहरु बताउँछन् ।

    प्रारम्भिक कक्षा पढाई तालिम पश्चात अनुगमन

    प्रारम्भिक कक्षा पढाई सम्बन्धी तालिम पश्चात विद्यालयहरुमा के कसरी पढाई भईरहेको छ तथा समस्याहरु के के छन् भन्ने विषयमा अनुगमन भएको छ । सेभ द चिल्ड्रेन, नाङशाल एसोसिएशन नेपाल, नमोबुद्ध नगरपालिका तथा पत्रकारहरुको सयुक्त टोलीले ती विद्यालयहरुमा पुगी अनुगमन गरेको हो ।

    टोलीले नमोबुद्ध नगरपालिकामा रहेका विद्यालयहरु संसारीदेवी आधारभूत विद्यालय, श्री कृष्ण आधारभूत विद्यालय, श्री महाँकाल आधारभूत विद्यालय, जन जागृति , लक्ष्मीनारायण, वाल उज्वल, अमरनाथ लगायतका विद्यालयहरुको अनुगमन गरेको हो । नमोबुद्ध नगरपालिकाको सहयोगमा नगरभित्रका १५ वटा विद्यालय छनौट गरेको थियो । छनौटमा परेका विद्यालयका बालगृहदेखि कक्षा २ सम्म शिक्षण गराउने गणित र नेपाली भाषाको शिक्षक शिक्षिकालाई तालिम दिइएको नाङशाल एशोसियन नेपालको कार्यक्रम संयोजक ललिता तामाङले जानकारी दिईन् । उनका अनुसार गत असोज महिनाको १४ गतेदेखि विषयगत तालिम सञ्चालन भएको थियो । १८ दिनसम्म सञ्चालन भएको तालिमको प्रभावकारीताको विषयको अनुगमन गरिएको नाङशालले जनाएको छ ।

    अनुगमनमा नमोबुद्ध नगरपालिका शिक्षा अधिकृत बुद्धिराज अर्याल, नाङशाल एशोसियन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तान, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष एवं प्रेस युनियनका अध्यक्ष कपिल कोइराला, नयाँ पत्रिका दैनिकका संवाददाता इन्द्रबहादुर थापा, कार्यक्रम संयोजक ललिता तामाङ, प्रशासन÷लेखा अधिकृत शिवराम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस