प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। मन्त्रीपरिषद्को विस्तारका क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई छाडेर प्राधानमन्त्री ओली खेमामा आएका ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् । ओलीले पूर्व आमोवादी तर्फका ६ जना सहित ९ जना मन्त्री थपेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । भने २ जना मन्त्रीको पद चट भएको छ ।
प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् । त्यस्तै, विमला विकले राज्यमन्त्री पाएकी छन् ।
संसद विघटन र मध्यावधि निर्वाचन घोषणासँगै प्रचण्ड–माधव नेपाल समूहबाट ओली सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेका पदमा ओलीले प्रचण्ड निकट नेताहरुलाई मन्त्री बनाएका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ । मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।
थपिएका र हेरफेर भएका मन्त्रीहरू
टोपबहादुर रायमाझी : उर्जा
मणि थापा : खानेपानी
प्रभु साह : शहरी विकास
प्रेम आले : वन
गणेश ठगुन्ना : सामान्य प्रशासन
गौरी शंकर चौधरी : श्रम
दावा लामा : युवा तथा खेलकुद
जुली कुमारी महतो : महिला बालबालिका
विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल : पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी : स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ : कानुन (मन्त्रालय हेरफेर)
शिवमाया तुम्बाहाङ्फे : भूमिसुधार (मन्त्रालय हेरफेर)
पद्मा अर्याल : कृषि (मन्त्रालय हेरफेर)
कृष्ण गोपाल श्रेष्ठ : शिक्षा (मन्त्रालय हेरफेर)
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।
प्रतिक्रिया दिनुहोस