प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । संसद विघटनपछि सात मन्त्रालय रिक्त छन् ।
नयाँ मन्त्रीहरुको शपथ आजै साँझ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो।
पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस