संचारकर्मी अरविन्द्र गौतमको अभिनय रहेको लोक दोहोरी गीत “बिर्से पापिलाई” सार्वजनिक भएको छ ।
दुख पिडा सम्बन्धि रहेको लोक दोहोरि गीत अहिलेको युवा पुस्तालाई मध्यानजर गरेर बनाईएको हो । गीतमा संचारकर्मी अरबिन्द्र गौतमलाइ अभिनयमा साबित्री श्रेष्ठले साथ दिएकी छिन् । गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गितमा अभिनय गरिसकेका छन् ।
गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मेकी हुन । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता गीत बजारमा आईसकेका छन् भने गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन ।
यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन यसैगरी मेकप भने राकेश रनपाको रहेको छ भने गितमा ऐरेन्ज संजय श्रीपालले गरेका छन् । “बिर्से पापिलाई” बोलको गितलाई रोशन धिताल ले सम्पादन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस