२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोना : एकको मृत्यु, ९ थपिए, १३ संक्रमण मुक्त

  • २०७७ पौष ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ९६३ पाठक संख्या
  • काभ्रेमा कोरोना संक्रमणका कारण विहिबार १ जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मण्डनदेउपुर नगरपालिकाकाको ८० बर्षिय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतकमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

    त्यस्तै आज ९ जना नयाँ संक्रमित थपिएका छन् । बनेपा नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, धुलिखृल नगरपालिकाबाट १ जना महिला, पनौती नगरपालिकाबाट १ जना महिला, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट २ जना पुरुष गरी जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय २७ पुगेको छ ।

    जिल्लामा आज १३ जना संक्रमण मुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस