२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

नेकपाको दाहाल–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्डलाई चयन

  • २०७७ पौष ८, बुधबार मा प्रकाशित २ साल अघि
  • २८६ पाठक संख्या
  • नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।

    ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हितविपरीत काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए । नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस