२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

मणि सापकोटा ‘उत्कृष्ट कर्मचारी’

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५२६ पाठक संख्या
  • भैंसी संरक्षण, संवद्र्धन र प्रवद्र्धन अभियानमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा कार्यरत रहँदादेखि नै क्रियाशील रहनु भएका पशु चिकित्सक मणिप्रसाद सापकोटा कृषि तथा पशुपंछी विकास मन्त्रालय, पशु सेवा विभागको स्थापना दिवस–२०७७ को अवसरमा मंगलबार पशु सेवातर्फ देशैभरका कर्मचारीहरुमध्येबाट उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएका छन् ।

    हाल पनौती नगरपालिकामा अधिकृतस्तर सातौं कर्मचारीका रुपमा कृषि तथा पशुपंछी शाखा प्रमुखका रुपमा कार्यरत सापकोटालाई पशु सेवा विभाग हरिहरभवनमा आयोजित विशेष समारोहमा कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए ।

    विगतमा पशु सेवा कार्यालयमा रहँदा कार्यकक्षको भित्तामा भैंसीअर्थात कालो सुन(ब्ल्याक गोल्ड) को फ्लेक्स टाँसेर बस्ने उनी यतिखेर पनौती नगरपालिकामा समेत शाखाको कार्यकक्षको भित्तामा भैंसी संरक्षण, संवद्र्धन र प्रवद्र्धन अभियानबारेका सञ्चार माध्यममा प्रकाशित सामग्रीहरुसँग बस्दै आएका छन् । उनीे पनौतीमा रहेर कृषि तथा पशुपंछीका क्षेत्रमा थालनी गर्नु भएका कार्यक्रमहरुको देशव्यापी रुपमा चर्चा हुँदै आएको छ ।

    मिडियाचोक परिवार सम्मानित भका पशु चिकित्सक सापकोटालाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ ।

    प्रतिक्रिया दिनुहोस