२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ओली पक्षका युवाले गरे नेकपा काभ्रेको पार्टी कार्यालय कब्जा

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • १२०३ पाठक संख्या
  • केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।

    नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए । अधिकारी सँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, बनेपाका नेता रत्नकुश रञ्जितकार, विपिन लामा, सागर रायमाझी लगायतका युवाहरु  गएर कार्यालय कब्जा गरेका हुन् ।

    नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस