२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६६० पाठक संख्या
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी छ ।

    बैठक केहीबेर अघिदेखि बसिरहेको एक नेताले बताए ।

    स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

    बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।

    यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस