२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

उद्योग वाणिज्य महासंघका समितिहरुमा सभापति चयन, स्थानीय विकास समितिमा काभ्रेका सुरकृष्ण वैद्य

  • २०७७ पौष ५, आईतबार मा प्रकाशित २ साल अघि
  • १२२६ पाठक संख्या
  • नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत गठन हुने विभिन्न समिति तथा फोरमहरुमा सभापित चयन भएका छन्।

    महासंघ सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका छन्।

    नवनियुक्त सभापतिहरुमा स्थानीय विकास समितिमा काभ्रेका सुरकृष्ण वैद्य, उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डि.बी.वस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा संदिप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ, बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाल, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोभेशन समितिमा रञ्जितराज आचार्य, स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवर्द्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल, शहरी विकास समितिमा मीनमान श्रेष्ठ, र्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत, सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पुँजी बजार फोरममा अम्बिका प्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरे सभापति चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस