२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • २०७७ पौष ५, आईतबार मा प्रकाशित २ साल अघि
  • ४६४ पाठक संख्या
  • राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि केहि जानकारी नदि बैठक स्थलबाट बाहिरिएका थिए ।

    त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । संसद बिघटन हुनुपूर्व बिहान १० बजेर ५० मिनेटमै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाईएको छ ।

     

    प्रतिक्रिया दिनुहोस