संवैधानिक परिषद्को बैठक सम्पन्न भए लगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।
बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
बैठकको निर्णयबारे केही जानकारी दिइएको छैन । मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो ।
तीन जना उपस्थित भएको बैठकले विभिन्न संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको सिफारिश माथि छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस