२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

चौतर्फी विरोध भइरहे पनि संवैधानिक परिषद्को बैठक सुरु

  • २०७७ मंसिर ३०, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७२९ पाठक संख्या
  • संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    मंगलबार दिउँसो प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी नयाँ अध्यादेशअनुसार बहुमत सदस्य उपस्थित भए पनि बैठक बस्न सक्ने भएकाले बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा उपस्थित छन् ।

    बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा सहभागी छैनन् । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो । अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस