२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

काभ्रे पाँचखालबाट ३८ तोला सुन चोर्ने पाँच जना प्रहरीको नियन्त्रणमा

  • २०७७ मंसिर २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • १३५२ पाठक संख्या
  • पाँचखाल २ का माईली तामाङको ३८ तोला सुन चोर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले तामाङको घरबाट ३८ तोला सुनको गहना चोरेर फरार भएका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका १ का २३ वर्षका राम तामाङ, धुलिखेल ७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल १ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

    माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जानकारी दिएको छ ।

    प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट २३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस