२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मोरङमा विप्लव समूहले गर्यो शिक्षकको घाँटी रेटेर हत्या

  • २०७७ मंसिर २३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७७३ पाठक संख्या
  • मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेको छ ।

    मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै आफ्नो समूहले हत्या गरेको स्वीकार गर्दै घटनाको जिम्मेवारी लिएको हो ।

    विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।

    मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस