२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रोशी ९ भुमेचुलीमा भ्यूटावरको शिलान्यास

  • २०७७ मंसिर २३, मंगलबार मा प्रकाशित २ साल अघि
  • १३१२ पाठक संख्या
  • रोशी गाउँपालिका वडा नं ९ को सबैभन्दा अग्लो स्थान भुमेचुलीमा भ्यूटावर बन्ने भएको छ । भुमेचुली मन्दिर समेत रहेको स्थानमा भ्यूटावर बन्ने भएपछि स्थानीय खुशी भएका छन् । २ करोड ६१ लाख २३ हजार ४ सय ६५ रुपैयाँमा बन्न लागेको भ्यूटावर २०७८ साल जेष्ठ १५ गते भित्र निर्माण सम्पन्न हुने छ ।
    ऐतिहासिक पर्यटकीय तथा धार्मीक स्थलको रुपमा परिचित भुमेचुलीमा मंगलवार एक कार्यक्रमका विच बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले शिलान्यास गरे । विपी राजमार्गको नार्केबाट १४ किलोमिटर दुरीमा रहेको भुमेचुलीबाट उत्तरमा सगरमाथा लगायतका हिमाली श्रृखंला तथा दक्षिणमा तराईका फाँट अवलोकन गर्न सकिन्छ । मन्दिर समेत रहेको उक्त ठाउँमा शनिवार र मंगलवार विशेष भिड लाग्ने र आफुले मागेको पाईने किंवदन्ती छ ।


    टावरको शिलान्यास गर्दै प्रदेश मन्त्री नेपालले टावरलाई जोडेर होम स्टे र कृषिलाई जोड्नुपर्ने बताए । उनले सडकको विकास पनि बढाउने तथा उत्पादन पनि बढाउनुपर्ने तर्क गरे ।
    कार्यक्रममा संघिय संसद गंगाबहादुर दोङ, प्रदेश संसद रत्न ढकाल र चन्द्र लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, प्रदेश पर्यटन निर्देशनालयका निर्देशक विष्णुबहादुर भण्डारी, नेकपाका नेता इन्द्र तामाङ र डिल्ली रेग्मी, रोशी गाउँपालिका वडा नं ९ का अध्यक्ष जनम तामाङ, वडा सदस्य मेघबहादुर लामा लगायतले भ्यूटावर बारे मन्तब्य राखेका थिए ।
    कार्यक्रममा साधुराम राना मगरले भूमेचुलीका बारेमा मन्तब्य राखेका थिए । उनका अनुसार भूमीको शिर रहेको भुमेचुलीमा विभिन्न किम्बदन्ती रहेको बताए । विशेषगरी बैशाख १ गते, जनै पूर्णिमा तथा फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस