२०७७ माघ ६, मंगलबार | Tue, 19, Jan, 2021

केन विलियमसन टेस्ट वरीयताको दोस्रो स्थानमा

  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित १ महिना अघि
  • ११५ पाठक संख्या
  • भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियमसन आईसीसी टेस्ट वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।

    वेस्ट इण्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका विलियमसन ८ सय ८६ अङ्कका साथ टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका हुन् । वेस्ट इण्डिजसँगको खेलपछि विलियमसनको ७४ अङ्क वृद्धि भएको छ ।

    भारतीय कप्तान कोहलीको पनि ८ सय ८६ अङ्क नै छ तर औसत रन रेटका आधारमा उनी विलियमसनभन्दा पछि परेका छन् ।

    अस्ट्रेलियाका स्टिभ स्मिथ ९ सय ११ अङ्कका साथ शीर्ष स्थानमा कायमै छन् । वरीयतामा अस्ट्रेलियाका मार्नुस लबुशेन चौथो र पाकिस्तानका बाबर आजम पाँचौँ स्थानमा छन् ।

    बलिङ वरीयतामा अस्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा रहेका छन् । इङ्ग्ल्याण्डका बेन स्टोक्स अलराउण्डरतर्फको शीर्ष स्थानमा उक्लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस