२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

बादललाई ओलीद्वारा चुनावी प्रधानमन्त्रीको आश्वासन दिएको खुलासा

  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ९०४ पाठक संख्या
  • पार्टीमा पिल्ले पटक अप्ठ्यारोमा परेपछि आफ्नो पक्षमा फकाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गृहमन्त्री रामबहादुर थापा बादललाई पदको आश्वासन दिएको खुलासा भएको छ । श्रोतका अनुसार ओलीले बादललाई चुनावी प्रधानमन्त्रीको आश्वासन दिएका छन्।

    उनीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु उभिएपछि नेता फकाउनका लागि ओलीद्धारा नयाँ कार्ड फालेका हुन् । थापालाई आफ्नो पक्षमा ल्याउन ओलीले चुनावी प्रधानमन्त्रीको तयारी गर्न आग्रह गरेको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए। ओलीले बादललाई दिएको आश्वासनबारे अन्य कतिपय नेताले पनि जानकारी पाइसकेका छन्। प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले आश्वासन दिने र पाउने दुवैलाई हेर्दा विषय स्वभाविक भएको बताए।

    प्रतिक्रिया दिनुहोस