अरनिको राजमार्गको बनेपा नगरपालिका वडा नं ६ चण्डेश्वरी खोला पुलमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमानै मृत्यु भएको छ । घटनामा परेर तीन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका ८ का भट्ट्डाँडाका २९ बर्षिय सत्यमान तामाङ र सिन्धुपाल्चोकका साँगाचोक गढीका २८ बर्षिय हरिकृष्ण बस्नेत छन् । घाईतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । तिमल्सिनाका अनुसार घाईतेहुनेहरुमा विकास बस्नेत, अनिल मगर र सुवास मगर छन् । बस्नेत साँगाचोक गढी, अनिल धुलिखेल ४ तथा सुवास गदयपुर गाईघाटका हुन् ।
ना १२ प ७४२९ नं को डिस्कभर र बागमती २–०१७ प २७०८ नं एफजेट एक आपसमा ठोक्किएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस