काभ्रेमा एक संक्तमितको मृत्यु भएको छ ।
बनेपा नगरपालिकाकी ८० वर्षीय महिलाको उपचार क्रममा मिडसिटी अस्पतालमा मंसिर ९ गते मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार मृतकमा मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
जिल्लामा त्यस्तै थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाबाट १ जना पुरुष र २ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र बेथानचोक गाउँपालिकाबाट ३ जना पुरुष गरी जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।
आजै जिल्लाका ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कार्यालयको जानकारी छ ।
आज थपिएका सहित जिल्लामा अहिले कोरोना संक्रमितको संख्या ३ हजार ३५ पुगेको छ कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लामा अहिले २ सय २९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । जिल्लाका संक्रमितमध्ये २७ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस