२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

बुटवलको मिलनचोकमा रहेको कलश होटलमा गोली चल्यो, एकजना घाइते

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित २ साल अघि
  • ९६९ पाठक संख्या
  • बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको छ ।

    गोली लागेर एक जना घाइते भएका छन् । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।

    उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

    उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ ।

    प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए ।

    प्रतिक्रिया दिनुहोस