२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

नेकपा स्थायी कमिटी बैठक बस्दै

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८७२ पाठक संख्या
  •  

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।

    शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेताहरुको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस