२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेमा कोरोना : शनिवार २१ थप, २१ डिस्चार्ज, एकको मृत्यु

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित २ साल अघि
  • १३१३ पाठक संख्या
  • काभ्रे जिल्लामा शनिवार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज जिल्लाका २१ जना संक्रमित संक्रमणमुक्त भएका छन । शनिवारै जिल्लामा एक संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिकाका ६७ वर्षीय महिला छिन । उनका उपचार क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएका थियो । उनलाई कात्तिक २८ गते संक्रमण पुष्टि भभएको थियो ।

    शनिवार थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ जना पुरुष र ५ जना महिला, धुुलिखेल नगरपालिकाबाट १ जना महिला र ५ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला, पाँचखाल नगरपालिकाबाट ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी जिल्लामा २१ जना छन् ।

    जिल्लामा अहिले कोरोना संक्रमितको संख्या ३ हजार २८ पुगेको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लामा अहिले २ सय ५९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । जिल्लाका संक्रमितमध्ये २७ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस