२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

नेकपा सचिवालय बैठक सुरु

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित २ साल अघि
  • ९४७ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।

    यसअघि गत मंगलबारको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

    आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस