२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पूर्वी नाका दाप्चा जाने सडक ९२ बर्षपछि पिच

  • २०७७ मंसिर १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५१६७ पाठक संख्या
  • सडक निर्माण शुरुवात भएको ९२ बर्षपछि काभ्रेको पूर्वी नाका दाप्चा जाने सडक पिच भएको छ ।

    पूर्वका ओखलढुंगा, रामेछाप, सिन्धुली लगायतका जिल्लाका बासिन्दा सामान लिन जान आउन तथा कठमाण्डौ जाँदा आउँदा यो सडक प्रयोग गर्थे । विपी राजमार्ग खुल्नु भन्दा पनि पुरानो सडकको धमाधम पिच भइइरहेको छ । यो बर्ष फुलवारी देखि तल्लो हटिया सम्म पिच भईरहेको छ । विपी राजमार्गको काभ्रे भञ्ज्याङ भएर दाप्चा हुँदै पुनः विपी राजमार्गको फेदी सम्म सडक पिच गर्ने लक्ष्य प्रदेश सरकारको छ । यो सडकलाई विपी राजमार्गको काभ्रे भञ्ज्याङ भकुण्डे हुँदै फेदी सम्मको बैकल्पिक सडकको रुपमा लिईएको छ ।

    पूर्वको सिन्धुली, ओखलढुंगा, रामेछाप देखि काभ्रेको दाप्चा हुँदै काठमाडौ जान ढाकरहरु यहि बाटो हिड्ने गरेको नमोबुद्ध ८ का ८४ बर्षिय बासुदेवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाटो पिच हुन्छ भन्ने कल्पना समेत नगरेको बताए । ‘म नजन्मदै यो बाटोको रेखाकंन भएको रहेछ । विस्तारै सडक फराकिलो बन्यो । पञ्चायतकाल अगावै निर्माण भएर पनि संचालनमा आउन सकेको थिएन । २०२०/२०२१ सालमा दोश्रो पटक फुलबारी नजिकै देखि दाप्चा हुँदै चरङ्गेफेदीसम्मको सडक ब्यक्ति ब्यक्तिले घरघरबाट गएर निर्माण गरिएको हो’–उनले भने –‘भक्तपुर यता सडक थिएन, भक्तपुरबाट लहरी चढेर काठमाडौ जान २० पैसा भाडा तिर्नु पर्दथ्यो । त्यहि बेला एक घरले ५ हात सडक खन्नु पर्दथ्यो, ८/९ दिनमा उक्त सडक खनिसकिन्थ्यो । मैले नमोबुद्ध उताको मोडमा ९ दिन खनेको थिएँ ।’ त्यतिबेला देखि संचालनमा आएको सडक बल्ल पिच हुँदा खुशीले गद्गद् भएको छु ।’

    पाँच वर्ष अघि पिचका लागि ३० करोड रुपैयाको बोलपत्र आब्हान भए पनि २२ करोडमा ठेक्का सम्झौता भएको थियो । ८ किलोमिटर लम्बाई तथा ५–७ मिटर चौडाई रहेको प्रिमिक्सि पिच, नाली र वालहरु निर्माण भएको छ । संघिय सरकारले शुरुवात गरेको भएपनि पछि प्रदेश मातहत परेको थयो । मातहतमा आएको डेडवर्ष फाईल संघ सरकारको सडक विभागबाट प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय आउनै लाग्यो । यसमा उक्त क्षेत्रका प्रदेश संसद चन्द्र लामाले पहल कदमी लिएका थिए । फाईल प्रदेशमा आईपुग्दा ठेकेदारले तोकेको सम्झौताको समयावधी सकिई सकेको थियो । तेश्रो पटकको समयवाधी पनि पौष मसान्तबाट सकिदैछ ।

    प्रदेश कार्यालयमा फाईल आए लगत्तै सोहि क्षेत्रका प्रदेश सभा सदस्य चन्द्र लामाले निरन्तर उक्त फाईलको कार्वाही अघि बढाउन, बजेटको ब्यवस्थापन गर्न र निर्माण कम्पनीको म्याद थप गरेर कार्य गर्न पहल गरे । कोरोना महामारीले अन्तिम पटकको म्याद भित्र पनि कार्य सम्पन्न हुने सम्भावना न्युन छ । सडकको धमाधम पिच भइरहेको छ भने अझै ५ किलोमिटर सडक पिच हुन बाँकी छ ।
    चरङ्गेफेदी खोलामा नमोबुद्ध ५ मा निर्माण हुँदै गरेको पुल सम्पन्न भए पछि विपी राजमार्गबाट नमोबुद्ध हुँदै पनौती ग्वार्को ललितपुर सडक छोटो दुरीको हुनेछ । उक्त सडकको निर्माण कार्य पनि धमाधम भईरहेको छ ।

    दाप्चाकै पुरानो बजार भित्र पर्ने ८ सय मिटर ढलान गर्ने र ढलान पछि ढुङ्गा छाप्ने गरी योजना बनाईएको छ । एकिकृत विकास कार्यक्रम (दाप्चा पुर्नरुत्थान कार्यक्रम) अन्र्तगत प्राप्त १ करोड ७५ लाख अघिल्लो वर्ष खर्च हुन सकेन । यो वर्ष उक्त रकम ल्याउन पहल गर्ने र सोहि क्षेत्रको पुरातात्विक महत्वका घरहरुको संरक्षण गर्ने योजना रहेको प्रदेश सभा सदस्य चन्द्र लामाले जानकारी दिए । २०१७ सालमा अहिलेको असन जस्तै भिडभाड हुने दाप्चा बजार अहिले सुनसान छ ।

    सडक पिच भएपछि धार्मिक पर्यटकिय स्थल नमोबुद्ध, रोशी गाउँपालिकाको तिनधारे झरना तथा प्रशिद्ध स्थलहरु जानलाई सहज भएको छ ।

    प्रतिक्रिया दिनुहोस