२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

वाग्मतीमा ५ अर्ब ९६ करोड खर्चेर ५१ वटा आधारभूत अस्पताल, काभ्रेमा ५ वटा अस्पतालको लागि ६१ करोड ४० लाख

  • २०७७ मंसिर १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७७९ पाठक संख्या
  • वाग्मती प्रदेशमा ५१ वटा आधारभूत अस्पताल निर्माण गरिने भएको छ । संघीय सरकारले सातवटै प्रदेशमा एकै पटक ३ सय ९६ आधारभूत अस्पताल बनाउने योजनाअन्तर्गत वाग्मतीमा पनि ५१ वटा अस्पताल निर्माण गरिने भएको हो ।

    वाग्मतीमा ५ शय्याको ८, १० शय्याको २० र १५ शय्याको २३ वटा अस्पताल निर्माण हुने भएको हो ।

    सरकारले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । वाग्मतीमा ५१ वटा अस्पताल एकैदिन शिलान्यास गरिएको छ । वाग्मतीका १३ जिल्लामा निर्माण गरिने अस्पतालका लागि ५ अर्ब ९६ करोड ५५ लाख ३४ हजार लागत अनुमान गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दोलखामा ७९ करोड २७ लाख ७८ हजार लागतमा ७ वटा, रामेछापमा ५७ करोड ८० लाख ३६ हजार लागतमा ४ वटा, सिन्धुलीमा ६५ करोड ३ लाख ८२ हजार लागतमा ४ वटा, काभ्रेमा ६१ करोड ४० लाख २६ हजार लागतमा ५ वटा र सिन्धुपाल्चोकमा ५५ करोड १७ लाख ३४ हजारमा ५ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना छ । काभ्रेमा धुलिखेल, रोशी, महाभारत, खानीखोला र भुम्लुमा अस्पताल बन्दैछन् ।

    यसैगरी रसुवामा ३२ करोड ३० लाख ७८ हजारमा ३ वटा, नुवाकोटमा ६१ करोड ४० लाख २६ हजारमा ६ वटा, धादिङमा ७२ करोड १५ लाख ८० हजारमा ५ वटा, चितवनमा २८ करोड ९० लाख १८ हजारमा २ वटा, मकवानपुरमा ६४ करोड ९२ लाख ३४ हजार, भक्तपुरमा १८ करोड ६ लाख ८२ हजारमा १ वटा, ललितपुरमा २८ करोड ९० लाख १८ हजारमा २ वटा र काठमाडौंमा ३६ करोड १३ लाख ६४ हजारमा २ वटा आधारभूत अस्पताल निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस