विश्व हिन्दु महासंघ अन्तर्गतको भातृ संस्था विश्व हिन्दु युवा संघको अध्यक्ष सहित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, जिल्ला बाल क्लब अध्यक्षहरुलाई एक कार्यक्रमका विच काठमाण्डौंको गोरखनाथ मन्दिरमा सपथ गराईएको छ ।
खोजि मौलिकताको अभियान संबृद्धिकोू भन्ने मुल नारा लिएर बिगत लामो समय देखि संगठन बिस्तारमा लागि गत मंगलबार बाबा पशुपतिनाथ, बाबा गोरख नाथ, मुक्तिनाथ, योगि नरहरिनाथको नाममा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरियो। बिश्व हिन्दु महासंघको भातृसंस्था अन्तर्गत बिश्व हिन्दु युवा संघमा अध्यक्ष ऋषीकेश जंग शाह नियुक्त भएको ६ महिनाको अन्तराल पछि केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा बाल क्लब समेत गठन गरिएको छ। हालसम्म १५० जना केन्द्रीय सदस्य, २५ जिल्ला अध्यक्ष, ४ बालक्लब अध्यक्ष मनोनित भएका छन ।
उक्त सपथ कार्यक्रममा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरेले महासंघको बिधानमा रहि राष्ट्र,धर्म, राष्ट्रीयता, एकता र मौलिकतालाई जिवन्त राख्ने कुरामा तन, मन,वचन र कर्मले सदैब कर्तव्यनिष्ठ रहेने भनि पशुपति गोरक्षनाथ मन्दिरमा एकसाथ सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख वक्ताको रुपमा श्री १ हजार ८ स्वामि बाबा सत्यदेव, नारायण पोखरेल प्रतिष्ठानका संरक्षक दिनबन्धु पोखरेल, युवा सन्त श्रीनिवास आचार्य, शंकराचार्यका चेला बासुदेब प्रपन्नाचार्य, नेपाल संस्कृत विश्वबिध्यालय अध्ययन केन्द्रका पुर्व कार्यकारी निर्देश तथा पशुपतिनाथ मन्दिरका पुर्वमुल भट्ट सहप्राध्यापक डाक्टर विष्णु दाहाल, धार्मिक तथा आध्यात्मिक सद्भावना दुत रेखा अर्याल,वरिष्ठ पत्रकार तथा सामाजिक विश्लेषक प्रेम कैदि, विश्व हिन्दु महासंघका सच्व् भक्तराज भुषाल, सदस्य रामचन्द्र तिवारी, कृस्टियन अलाएन्स नेपालका अध्यक्ष डा तेज रोकायले शुभकामना व्यक्त गरेका थिए ।
बिगत लामो समयदेखि नेपाल धर्म निरेपेक्ष रहिआएको छ तर दलिय स्वार्थमा मात्र राष्ट्रलाई धर्म नमान्ने देश बनाउन जुन बिदेशि चलखेल भएको छ, जनताको मर्मलाई चोट पुर्याउदै जसरी धर्मलाई राजनितिक रंग दिईएको छ त्यस्को बिरुद्ध अब संघर्ष र आन्दोलन गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सपथ ग्रहण गरिएको छ। राष्ट्रयोगी नरहरिनाथका बिचारलाई संसारसामु पुर्याउने, मौलिकता, पूर्विय सनातन संस्कृतिलाई उजागर गराउने, धर्म परिवर्तनलाई रोक्ने, गौबध तथा गौ तस्करि रोक्ने संगै अबको पुस्ताले अन्य बिदेशी बादको भन्दा पनि आफ्नै देशमा प्रतिपादित राष्ट्रबादलाई आत्मसाथ गर्दै अघि बढ्ने कुरामा युवासंघ सदैब तत्पर रहेको कुरामा संघका केन्द्रीय अध्यक्ष ऋषीकेश जंग शाहिले बताए ।
पशुपती स्थित गोरक्षनाथ मन्दिर मृगस्थलीमा बिगत ६ महिना देखि बृहद् अध्यात्मिक परिषद तथा विश्व हिन्दु युवा संघको संयुक्त प्रयासमा हरेक शनिवारका दिन अनन्त कोटिहोम तथा आध्यात्मिक प्रवचण कार्यक्रम संचालन गर्दै आईरहेको छ भने सो कार्यक्रम संयोजन युवासंघका अध्यक्ष ऋषीकेश जंग शाहले गर्दै आएका छन् । विगत ८ वर्षदेखी नेपालको राष्ट्रीय पोशाक तथा राष्ट्रीय झण्डा दिवसको माग गर्दै आन्दोलनमा होमीएका साँस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले सञ्चालन गरिएको कार्यक्रममा पूर्विय दर्शनका अध्यता तथा योगि नरहरिनाथका चेला शिर्षनाथले देश योगिजिको योजना अनुरुप चल्नु पर्नेमा जोड दिए । कार्यक्रममा युवासंघका केन्द्रीय सदस्य तथा दर्शनका अध्यता दर्पण राजवंशीले स्वागतमन्तव्य राखेका थिए भने यवासंघमा धार्मिक सद्भावना दुत योगि पिताम्बर, युवासंघका प्रवक्ता अनुराग शाह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस