२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

वर वा वधू खोजीमा हुनेहरुलाई खुशीको खबर

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • १५५१ पाठक संख्या
  • बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ ? तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले तनाब लिनु पर्ने छैन ।

    घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ । हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट तपाईले आफ्ना छोराछोरी वा अन्य कोही आफन्तका लागि कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ ।यदि तपाई आफैंपनि केटा वा केटीको खोजीमा हुनुहुन्छ भने यो एपकै माध्यमबाट खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् ।

    तर यि एपहरु भन्दा पनि थप परिस्कृत र उपयोगी एप हाफफूलले ल्याएको हो । गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ । आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापकरसञ्चालक सन्दिप पौड्याल बताउँछन् ।

    यो एपले बिवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ । नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन् । ‘अहिले ३ किसिमको विहे हुन्छ, एउटा मागी विवाह (एरेञ्ज), अर्को लभ म्यारिज र फेसबुक म्यारिज’ उनी भन्छन् ‘फेसबुकबाटै चिनजान भएर बिवाह हुन थालिसक्यो, यो त फेसबुक भन्दा धेरै उपयोगी हुन्छ ।’

    फेसबुकमा आफूलाई यस्तो मान्छे चाहियो भनेर खोज्न नसकिने तर यसबाट भने सकिने उनले बताए । अर्कोतर्फ फेसबुकमा नक्कली खाता बनाएर झुक्काउने कामहरु पनि हुन्छन् । तर यहाँ भने फेक अकाउन्ट बनाएर झुक्याउने सम्भावना कम रहेको पौड्याल बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस