२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स, प्रतियोगितामा भाग लिन नपाउने

  • २०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५६८ पाठक संख्या
  • नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् ।

    नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ ।

    यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
    २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएकोमा कुनै क्लबले पनि मापदण्ड पूरा गर्न नसकेपछि एएफसीले आवेदन अस्वीकार गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रकियामा समावेश भएन ।

    एन्फाले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै प्रस्ताव अस्विकृत गरेको हो । गत वर्ष गलत तरिकाले क्लब लाइसेन्स लिएको भन्दै एएफसीले एन्फालाई जरिवाना समेत लगाएको थियो ।

    एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा क्लब लाइसेन्स नदिनेबारे निर्णय गरेको हो ।

    क्लब लाइसेन्स नभएपछि नेपाली क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउने छैन ।

    ए लाइसेन्स प्रक्रियामा लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंसा समेत गरेको छ ।

    एएफसीले क्लब लाइसेन्सका लागि मुख्य गरी ५ बुँदाको मापदण्ड बनाएको छ र त्यसको १९ सहायक बुँदाहरु पनि छन् । क्लब लाइसेन्सका लागि क्लबको आफ्नै रंगशालादेखि, युवा टोली, एकेडेमी, खेलाडीको होस्टल, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र अफिसियलहरु अनुबन्ध लगायत छन् । यस्तै काननी प्रकिया समेत पूरा गरेको हुनुपर्छ । क्लबको वार्षिक बजेट, अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र समेत हुनुपर्नेछ ।

    नेपाली क्लबहरुको आफ्नै मैदान र युवा केडेमीहरु नभइसकेकाले अझै पनि ए डिभिजन क्लबहरु पूर्ण रुपमा व्यावसायिक हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस