२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

रोशीका ४० कृषकलाई टिम्मुर, तेजपत्ता र कुरिलोको विरुवा वितरण

  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित २ साल अघि
  • १०८७ पाठक संख्या
  • रोशी गाउँपालिकाले ४० कृषकलाई टिम्मुर, तेजपत्ता तथा कुरिलोको विरुवा वितरण गरेको छ ।

    गाउँपालिकाकाको कृषि तथा पशु सेवा शाखाले गाउँपालिका भित्रका ४० जना कृषकलाई टिम्मुर, तेजपत्ता, कुरिलो वितरण गरेको गाउँपालिका अध्यक्ष डि. वि. लामाले जानकारी दिए ।

    पालिकाको वडा नं १ देखि १२ सम्मको ४० जना कृषकहरुलाई समेट्ने गरी टिम्मुर, तेजपत्ता तथा कुरिलोको विरुवा वितरण वितरण गरिएको कृषि तथा पशु शाखाको प्रमुख रघुनी शाहले जानकारी दिए ।

    साथै गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा उक्त विरुवा रोपेर उत्पादन वृद्धिको निम्ति कृषकहरुलाई तालिम पनि प्रदान गरिएको थियो । तालिमका प्रशिक्षक शिलानी देवी ग्रीन आइज नेपालका डाइरेक्टर प्रशिद्ध कटेलले सहजीकरण गरेका थिए ।

    विरुवा वितरणमा गाउँपालिका अध्यक्ष डि. वि. लामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, प्रशासन अधिकृत धनवीर लामा लगायत शाखाका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस