२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

काभ्रेमा कोरोनाको कारण थप एकको मृत्यु, ३५ नयाँ संक्रमित थपिए

  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५०८ पाठक संख्या
  • काभ्रे जिल्लामा थप एक जनाको कोरोना भाईरसको संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिकाका एक ७० वर्षिय पुरुष रहेका छन् । उनको मध्यपुर ठिमि अस्पताल भक्तपुरमा मृत्यु भएको हो । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

    यस्तै सोमवार जिल्लामा ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका १०, पाँचखालबाट ४, पनौतीबाट ५, बेथानचोकबाट ४, मण्डनदेउपुरबाट ५ र रोशीबाट १ जना रहेका छन् । यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय १२ पुगेको छ । निको हुनेको संख्या २६ सय २ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७३ जना रहेको छ ।

    यसैगरी मंगलवारै २८ जना निको भएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस