२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

काभ्रे काँग्रेसको क्रियाशील वितरणमा महिलालाई प्रथमिकता

  • २०७७ मंसिर १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११२८ पाठक संख्या
  • नेपाली काँग्रेस काभेले क्रियाशील वितरणलाई तीब्रता दिएको छ ।

    नेपाली काँग्रेस काभ्रेले नयाँ क्रियाशील वितरण गर्दा पूरा संख्याको एक तिहाई महिलालाई दिनुपर्ने सर्कुलेशन गरेको छ । प्रत्येक वडा समितिले क्रियाशील सदस्य वितरण गर्दा एक तिहाई महिलालाई दिनुपर्ने निर्णय गरेको नेपाली काँग्रेस काभेका सभापति मधु आचार्यले जानकारी दिए । क्रियाशील सदस्य वितरण गर्दा पार्टीको विजयलाई सघाउ पुग्ने गरी सबै गाउँटोल जाती जनजाती, युवा, किसान, मजदुर, शहीद परिवार, अपाङ्गता भएका व्यक्ति, विस्थापित परिवार तथा समावेशीतालाई प्राथमिकता दिन समेत जिल्ला कार्यसमितिले निर्णय गरेको छ ।

    नेपाली काँग्रेसको विधान, नियमावली तथा केन्द्रीय परिपत्र अनुसार प्रत्येक वडाले पुराना क्रियाशील संख्या बरावर नयाँ क्रियाशील सदस्यता फारम वितरण गरिने जिल्ला समितिले जनाएको छ । जिल्ला समितिले प्रत्येक वडा समितिले वडा भित्र भएका पुराना क्रियाशील सदस्यहरुको सहभागितामा नयाँ क्रियाशील सदस्यता दिनुपर्ने व्यक्तिहरुको नाम बैठकबाट निर्णय गरी गाउँ/नगरपालिका कार्यसमितिलाई दिने तथा त्यसको बोधार्थ प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिलाई पठाउनुपर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

    वडाले मंसिर २० गते सम्म नाम छनौट गरेर सम्बन्धित ठाउँमा जानकारी गराउनुपर्ने छ । जिल्लाको निर्णय अनुसार केहि वडाहरुमा भने क्रियाशिल सदस्यहरुको भेला बसेर नयाँ क्रियाशील सदस्यको नाम छनाट भइसकेको नेपाली काँग्रेस काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस