२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

श्यामकुमार मग्रातीको संयोजकत्वमा बीपी बिचार समाज पनौती वडा न ८ गठन

  • २०७७ मंसिर १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७२४ पाठक संख्या
  • बीपी बिचार समाज पनौतीले वडा वडामा पुगेर संगठन विस्तारलाई तीव्रता दिएको छ । समाजले वडा न ८ मा आज नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा वडा समिति गठन गरेको हो ।

    श्यामकुमार मग्रातीको संयोजकत्वमा वडा समिति गठन गरिएको बीपी बिचार समाज पनौतीका संयोजक प्रल्लाद केसीले जानकारी दिए । केसीका अनुसार समितिको सहसंयोजकमा चन्द्रकला थापा, सचिवमा रामसन्दुर केसी, सहसचिवमा राधिका घिमिरे र कोषध्यक्षमा सीता लंगुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा सरु नेपाल, तारा सञ्जेल, सावित्री नेपाली, संगीता भारती, श्याम महाजू, मणि केसी, विश्व नारायण,आरती बजगाई र पार्वती बन्जारा रहेका छन् ।

    समिति गठन कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यले बीपीको बिचारबाट नै समाजको रुपान्तरण गर्न सक्ने भएकाले यसलाई गाउँगाउँ सम्म पु¥याउन आवश्यक रहेको बताए । कार्यक्रमा बीपी विचार समाज पनौतीका अध्यक्ष प्रल्लाद केसी, उपाध्यक्ष सुमित्रा बन्जारा, काँग्रेसका नेता भोला थापा राघवसिंह थापा,  लगायतले बीपी समाजको बारेमा मन्तव्य राखे। पनौतीका वडा न ५ र ७ मा समिति गठन भइसकेको अन्य बाँकी रहेका वडामा पनि तत्काल गठन गर्ने समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस