२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

मालपोत काभ्रेको नगरपालिकाहरुलाई बार अनुसार सेवा

  • २०७७ मंसिर १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ७८६ पाठक संख्या
  • मालपोत कार्यालय काभ्रेले काभ्रेमा रहेका स्थानीय तहहरुमा नगरपालिकाहरुलाई बार अनुासारको सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मालपोत कार्यालय काभ्रेले स्थानीय तहहरुमा नगरपालिकालाई बार अनुसार र गाउँपालिकालाई हरेक दिन सेवा दिने निर्णय गरेको हो ।

    मालपोत कार्यालय काभ्रेका प्रमुख लोकबहादुर भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा बनेपा र नमोबुद्ध नगरपालिकाको लागि आईतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरपालिकाको लागि सोमबार र बिहिबार र धुलिखेल र पाँचखाल नगरपालिकाको लागि मंगलबार र शुक्रबार कार्यालयबाट सेवा प्रवाह हुने उल्नेख छ । सूचनामा गाउँपालिकाको हकमा भने शनिबार र विदाका दिन बाहेक हरेक दिन सेवा प्रवाह हुने सूचनामा उल्लेख छ ।

    विश्वभर कोरोना भाइस फैलिरहेको वर्तमान अवस्थामा कार्यालयबाट एकैपटक सेवा प्रवाह गर्दा कोरोना संक्रमणको जोखिम बढि हुने भएकाले कार्यालयले स्थानीय तह अनुसार फरक फरक दिनमा सेवा प्रवाह गर्ने निर्णय गर्दै सूचना प्रकाशन गरेको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए । प्रकाशित सूचना अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै मंसिर १४ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह तालिका सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस