२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

संखुवासभा र तेह्रथुममा गुर्जोको विरुवा वितरण

  • २०७७ मंसिर ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • १२१६ पाठक संख्या
  • संखुवासभा र तेह्रथुममा गुर्जोको विरुवा वितरण भएको छ ।

    समाजसेवी कमलबहादुर राजलबटले संखुवासभा र तेह्रथममा ३ सय भन्दा बढि गुर्जोको विरुवा वितरण गरेका थिए । खादवारीमा संखुवासभा उद्धोग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, करदाता सेवा कार्यालयका कर अधिकृत राजन बिक एंव स्थानीय व्यक्तित्वहरुलाई गुर्जोको बेर्ना वितरण गरिएको छ । त्यस्तै तुम्लिङ्गटार स्थित मनकामना मन्दिरमा गुर्जो रोपण समेत भएको छ ।

    तेह्रथुम जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने लगायतको पहलमा गुर्जोको बेर्ना हस्तान्तरण गरियो । संखुवासभा र तेह्रथुममा गरी ३ञज्ञ सय भन्दा बढि गुर्जोको वेर्ना हस्तान्तरण गरिएको समाजसेवी राजलवटले जानकारी दिए । सेवा प्रवाह गर्नेक्रममा रमण धिमिरे, बलराम दाहाल, देवेन्द्र कुमार लिम्बू, हेरम्वराज न्यौपाने समेतको सक्रिय सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस