२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पत्रकार महासंघ काभ्रेको स्थापना दिवसमा साधारणसभा हुने

  • २०७७ मंसिर ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • १२९१ पाठक संख्या
  • नेपाल पत्रकार महासंघ काभ्रे शाखाको बुधबार सम्पन्न ३९ औ बैठकले महासंघको २८ औ स्थापना दिवसको अवसर पारी पौष २ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

    बनेपाको पञ्चकन्या बेन्क्वेटमा हुने साधारण सभामा स्वास्थ्य मापदण्ड पुरा गरेर सधारण सभा गर्ने काभ्रे शाखाले जनाएको छ । सभाको उद्घाटन केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले गर्ने कार्यक्रम छ ।

    महासंघले साधारण सभाकै अवसरमा स्व। भरतराज पत्रकार पुरस्कार कोषबाट संचारकर्मी सम्मान गर्न पुर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्की र रमा दाहाल सदस्य रहेको समिति गठन गरेको छ । समितिले सम्मान गर्ने पत्रकारको नाम सिफारिस गरे पछि कार्यसमितिले अनुमोदन गर्नेछ । बैठकले साधारण सभाको तयारी, महासंघले गरेका निर्णयहरुलाई सबै सदस्यहरुका बीच पु¥याउन निर्णय पुस्तिका प्रकाशन, बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै महासंघका गतिविधि प्रकाशन तथा प्रसारण गर्ने उदेश्यले वेभ साईड निर्माण गर्ने निर्णय गरेको शाखा अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिए ।

    महासंघको यो कार्य समितिले प्रिफ्यावको तल्ला थप, फर्निचर तथा कार्यालय ब्यवस्थापन, कम्पाउण्ड वाल, सडक स्तरोन्नती, पक्कि नाली, पार्किङ्ग, पार्क लगायतका संरचना निर्माण गरिसकेको छ भने पत्रकारहरुलाई सहयोग गर्ने विपद कोष स्थापना गरेको छ । १० लाख पुर्‍याउने उदेश्यले निर्माण गरिएको कोषमा हाल ५ लाख जम्मा गरिसकिएको छ । उक्त कोष संचालनका लागि तयार गरिएको कार्यविधि अनुसार पत्रकार शिव पन्तलाई सहयोग गरिएको छ । कोरोना फैलन नदिन गरिएको लकडाउनमा सदस्य तथा कार्यरत कर्मचारीहरुलाई सहयोग, पत्रकारहरुको पहिचानका लागि परिचयपत्र र प्रेस ज्याकेट वितरण, शुद्धिकरण तथा सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिएका छन्

    । क्षमता अभिबृद्धीका लागि आधारभुत तथा एडभान्स तालिम, स्थानीय तहमा एक आधारभुत पत्रकारिताका बारेमा जानकारी गराउने उदेश्यले स्थानीय सरकारकै सहयोगमा तालिम संचालन भएका छन् । प्रेस मैत्री कानुन निर्माणका लागि आवश्यक छलफल तथा सुझाव पेश गरिएको छ भने पत्रकारहरुको उपचारका लागि बनेपा हेल्थ केयरमा उपचारमा सहुलियत गरिएको छ । लोगो प्रकाशन, फेलोशिपका लागि सहजिकरण, विज्ञापनमा एकरुपता तथा सहजिकरण गरिएको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस