रोशी १२ मा रहेको गणेश माध्यमिक विद्यालय शिखरपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा पुनः गुणराज मुक्तान चयन भएका छन् ।
बुधवार भएको विव्यसको साधारणसभाले पुनः मुक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । रोशी गाउँपालिकाका शिक्षा शाखाका राम तामाङको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको थियो ।
मुक्तान सामुदायिक विद्यालय ब्यबस्थापन समिति महासंघको केन्द्रिय महासचिव समेत हुन् ।
नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा रामबहादुर मोक्तान, पेमा वाङ्जु मुक्तान , पासाङ लामा, डिलुमाया पुलामि, शोभा वि क, धनमाया बल, शिक्षकको तर्फवाट शिवबहादुर राय, तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक तिर्थलाल मोक्तान चयन भए ।
प्रतिक्रिया दिनुहोस