२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रिपरिषद्‍को स्वीकृति

  • २०७७ मंसिर १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७३६ पाठक संख्या
  • सरकारले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।

    बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो।

    मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको छ । नापी विभागको टोलीले उचाइ नापे पनि हालसम्म मानिँदै आएको सगरमाथाको उचाइ ८ हजार ८४८ मिटरमा थपघट भए/नभएको सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले कति भन्ने खुलाइएको छैन ।

    यसअघि गत असारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सामान्यबाहेक सीमा विवाद नरहेको र नेपालले चाँडै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए। राष्ट्रियसभामा बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको बताएका थिए।

    ुसगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन) लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको छ। हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गरेको बसझिएको छ ।

    सगरमाथाबाटै नेपाल –चीन सिमाना छुटिने भएकाले दुवै देशको सहमतिबाट मात्रै टुंग्याउन सकिने भएकाले नापीको टोलीले सिफारिस गरेपनि त्यसको प्रक्रिया टुंगिएको थिएन।

    प्रतिक्रिया दिनुहोस