२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

अब बनेपामै फ्रेन्चाईज कम्पनी ‘चिकेन स्टेशन’

  • २०७७ मंसिर १०, बुधबार मा प्रकाशित २ साल अघि
  • १७७८ पाठक संख्या
  • बनेपामा चिकेन स्टेशनको शाखा स्थापना भएको छ ।

    बुधवार औपचारिक रुपमा बनेपाको एनआईसिएसिया बैंक भएको घरमा चिकेन स्टेशन स्थापना भएको हो । उपत्यका बाहिर बुटवल, चितवन र पोखरा पछि काभ्रेको बनेपामा २३ औ शाखाका रुपमा चिकेन स्टेशन शुभारम्भ गरिएको सञ्चालक सन्देश लामाले जानकारी दिए ।

    युवा ब्यवसायीहरु सन्देश लामा, इन्द्रजित लामा, सत्यमान लामा र राजेश केसीको १ करोड ३० लाख लगानीमा सञ्चालनमा आएको चिकेन स्टेशन बुधबारबाट शुरु भएको हो । विहान ८ बजे देखि राति ९ बजेसम्म खुल्ला रहने उक्त स्टेशनले निशुल्क होम डेलिभरीको ब्यवस्था गरेको छ । कोभिडको समयमा ग्राहकहको सुरक्षाका लागि बनेपा, पनौती, नाला, साँगा, धुलिखेल तथा आसपासका क्षेत्रमा होम डेलिभरी गर्ने जनाएको छ ।

    चिकेनका विभिन्न परिकारहरु उक्त स्टेशनमा उपलब्ध हुनेछ । कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले चिकेन स्टेशनको शुभारम्भ गरिएको संचालक लामाले बताए ।

    ‘महङ्गो मुल्य तिर्न सक्ने देखि सामान्य अवस्थाका ब्यक्तिहरुलाई समेत चिकेन स्टेन प्रमुख गन्तब्य बन्ने संचालकहरुको भनाई छ । एकै पटक एक सय जनालाई सेवा दिन सक्ने गरी मासिक १ लाख ८० हजार रुपैया भाडा तिरेर चिकेन स्टेशन संचालनमा ल्याएको र स्टेशनमा २२ जना भन्दा बढिले रोजगारी पाएका छन् । घरजग्गा कारोबारमा लगानी गरेका सञ्चालकहरुले होटल ब्यवसाय शुरु गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस