२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

खहरेपाँगुमा ‘रोशी अस्थायी कोभिड अस्पताल’ सञ्चालनमा

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • १३९७ पाठक संख्या
  • रोशी गाउँपालिका वडा नं १ खहरेपाँगुमा रोशी अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

    रोशी गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित उक्त अस्पताल संविधान सभा सदस्य हर्षजित लामा, रोशी गाउँपालिका अध्यक्ष डि.वि.लामा र अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष गणेश लामाद्धारा संयुक्त रुपमा उद्घाटन भयो ।

    कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामाले विकास क्रमिक रुपमा भइरहेको छ । हरेक चुनौतीलाई पार गर्दै आज अस्थायी अस्पतालको उद्घाटन भएको बताए । उनले आगामी दिनमा आफूले गर्नुपर्ने सहयोग निरन्तर रुपमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    अस्पताल निर्माणका समितिका अध्यक्ष गणेश लामाले यस भेगका आम नागरिकको स्वास्थ्यको अवस्था बुझेर गाउँपालिकाले अस्थायी अस्पताल बनाउन सहयोग गरेकोमा धन्यवाद दिए । त्यस क्षेत्रका कतिपय सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपरेको उदाहरणलाई मनन गर्दै शुरुवात भएको अस्पतालको पूर्णताको लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए । लामाले अस्पताल निर्माणको निम्ति सहयोग गर्नुहुने रोशी को १२ वटै वडालाई धन्यवाद दिदै धेरै समस्याको बाबजुद यस भेगको आवश्यकता र जनताको अपेक्षा पूरा हुदै गएको जानकारी दिए ।

    रोशी गाउँपालिका अध्यक्ष डि. वि. लामाले अस्पताल निर्माणका क्रममा धेरै उत्तरचढाव झेलेको बताए । गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माण हुनुपर्ने भए पनि भेगिय हिसावले समेट्नको लागि खहरेपाँगमा अस्पताल निर्माण गरेको लामाको भनाई थियो । लामाले चुनाव अगाडी राजनैतिक दल चुनावमा सहभागि भएको भएपनि चुनाव जितेर आपछि सबै जनप्रतिनिधिको रुपमा जनताको सेवामा लागेको स्पष्ट पारे । उनले रोशी दलको रुपमा एकजुट भएर समृद्ध रोशी निर्माणमा अगाडि ढेको प्रष्ट्याए । गाउँपालिकाको केन्द्रमा अस्पताल राख्नुपर्ने भएपनि गाउँपालिकाको दुर्गममा अस्पताल राख्न कार्यपालिकाको टिमले सहयोग गरेकोले खहरेपाँगु लगायत आसपासका समुदायले संरक्षण गरेर सञ्चालनमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।

    गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले अस्थायी अस्पतालहरु कोभिड अस्पतालको रुपमा स्थापित भएको छ । अहिले बनेको अस्थायी अस्पताल भोलीको स्थायी अस्पताल भएकोले यसको संरक्षण र स्तरोउन्नतीको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले अस्थायी अस्पताल बनेको ठाउामा वस्ती भन्दा पनि अस्पतालको आवश्यकतालाई बुझेर भोलीका दिनमा पनि साथ सहयोग गर्ने अपेक्षा राखेको बताए ।

    अस्पताल रोशी गाउँपालिकाको १० लाख सहयोगमा निर्माण भएको छ । हाल ५ बेडको सुविधा रहको अस्पतालमा २ जना स्टाफ नर्सको नियुक्ति भइसकेको छ । मेडिकल अफिसरको कोटा भने पदपुर्ति गर्न बाँकी नै रहेको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, नेकपा नेता अमित लामा, वडा अध्यक्ष

    श्रीदास लामा लगायतले अस्पतालबारे मन्तब्य राखेका थिए ।

    कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्य लगायत जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस