२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा मंगलबार अध्याबधिक गरिएका ३ सय ५ मध्ये अधिकाँश संक्रमण मुक्त

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ९०० पाठक संख्या
  • काभ्रे जिल्लामा मंगलबार अध्याबधिक गरिएका ३ सय ५ संक्रमित मध्ये अधिकाँश संक्रमण मुक्त भएको पाईएको छ ।

    जिल्लामा विभिन्न अस्पताल तथा जिल्ला बाहिर परिक्षण गर्नेहरुको विवरण गणना भएको थिएन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले त्यसरी थपिएका ३ सय ५ मध्ये अधिकाँश कोरोना मुक्त भएको जानकारी दिए । ‘विभिन्न अस्पतालहरुमा परिक्षण गरी जिल्ला बाहिर रहेका नागरिकहरुको अवस्थाका बारेमा जानकारी तथा यथार्थ विवरण राख्ने कार्य भयो । बेलुका ६ बजे सम्म उहाँहरुको हालको अबस्था बारे बुझ्यौ, प्राय सबै संक्रमण मुक्त भईसक्नुभएको रहेछ ।’ झाले जानकारी दिए ।

    सरकारले देशभरका संक्रमितहरुको केन्द्रिय विवरण संकलन गरेको हुन्छ, त्यसमा जिल्ला जिल्लाको तथ्याङ्क राख्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्कमा संख्या थपिएको हो ।

    काभ्रे भन्दा बाहिरका प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ४४ महिला, ६२ पुरुष, धुलिखेल नगरपालिकाका १३ महिला, २० पुरुष, पनौती नगरपालिकाका १३ महिला, ३२ पुरुष, पाँचखाल नगरपालिकाका ६ महिला, १७ पुरुष, नमोबुद्ध नगरपालिकाका ३ महिला, १५ पुरुष, मण्डनदेउपुर नगरपालिकाका ३ महिला, १८ पुरुष, भम्लु गाउँपालिकाका ६ महिला, ११ पुरुष, रोशी गाउँपालिकाका २ महिला, ५ पुरुष, बेथानचोक गाउँपालिकाका २ महिला, ६ पुरुष, तेमाल गाउँपालिकाका ५ महिला, १० पुरुष, खानीखोला गाउँपालिकाका १ पुरुष, चौंरीदेउराली गाउँपालिकाका १ महिला, ८ पुरुष गरी ३ सय ५ रहेका छन् । उनिहरु सबै निको भईसकेका छन् ।

    त्यतै मंगलबार जिल्लामा भने धुलिखेल नगरपालिकाका १ पुरुष, बनेपा नगरपालिकाका ६ महिला र ५ पुरुष, पनौती नगरपालिकाका ५ महिला र ६ पुरुष, पाँचखाल नगरपालिकाका २ महिला र २ पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ महिला तेमाल गाउँपालिकाबाट २ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष गरी काभ्रेमा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

    यसैबिच मंगलबार पनि १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । बनेपाको शिरमेमोरियल अस्पतालमा ७७ वर्षिय बनेपाका पुरुषको मृत्यु भएको डा. झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस