२०७७ माघ ७, बुधबार | Wed, 20, Jan, 2021

दोलखा भीमसेनलाई १८ औं पटक पसिना, अनिष्ट हुने धार्मिक मान्यता

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ४१४ पाठक संख्या
  • दोलखामा रहेको सुप्रसिद्ध मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
    मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आईरहेको छ । भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १८ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए । पहिला पहिला पसिना आउँदा राज
    पिर्ने गरेको तर पछिल्लो समय देशलाई, राष्ट्रपति प्रधानमन्त्रीलाई अप्ठेरो परेको पुजारीको भनाई छ ।

    यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गतबर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाईरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ । गत चैत ११ गतेदेखि लकडाउन गरेर १ सय १५ दिनपछि केही महिना अघि नियमित पुजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस