२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पञ्चकन्या आधारभूत विद्यालयका निवर्तमान प्रअलाई आर्थिक हिनामिनाको आरोप

  • २०७७ मंसिर ८, सोमबार मा प्रकाशित २ साल अघि
  • १२८९ पाठक संख्या
  • काभ्रेको धुलिखेल नगरपालिका वडा नं ३ चोलानाथमा रहेको पञ्चकन्या आधारभुत विद्यालयका निवर्तमान प्रधानाध्यापक श्रीमान कर्माचार्यलाई आर्थिक हिनामिनाको आरोप लागेको छ ।

    विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी मा रहँदा विभिन्न शिर्षकमा अनियमितता भएको भन्दै पूर्व विव्यस सदस्यले अख्तियारमा समेत उजुरी हालेका छन् । कर्माचार्य प्रधानाध्यापक हुँदै एक लाख रुपैया हिनामिना गरेको भन्दै पूर्व विव्यस सदस्य सञ्जय धोजु श्रेष्ठले अख्तियारमा र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी दर्ता गराएका थिए । श्रेष्ठले २०७४ साल कात्तिक ३० गते अख्तियार र सर्तकता केन्द्रमा उजुरी दर्ता गरेका थिए ।

    अख्तियार र सतर्ककता केन्द्रमा उजुरी परेको मुद्धाको विषयमा अहिलेसम्म के भयो भन्ने जानकारी छैन् । फैशला नहुँदै श्रीमान कर्माचार्य भने मंसिर ३ गते अवकास लिएर जुनियर शिक्षिकालाई प्रधानानध्यापक दिएर बाहिरिएका छन् । कर्माचार्यले हरेक कार्यमा सहयोग गर्ने शिक्षकलाई प्राधानाध्यापक बनाएको जानकारी दिए ।

    विद्यालयका निवर्तमान प्रअ कर्माचार्यलाई विभिन्न शिर्षकका रकम हिनामिना गरेको आरोप लागेको छ । श्रोतका अनुसार पराजुलीहरुले राखेको अक्षयकोषको रकम हिनामिना, विद्यालय समुदायमा गएपछि आएको अनुदान रकमको हिनामिना, कक्षा ६ देखि ८ सम्मको आधारभूत विद्यालय स्थापना गर्न राखिएको बैंक ज्ञारेन्टीको रकम हिनामिना, विद्यालयको नाममा खेलिएको दउसीभैलोबाट उठेको रकम हिनामिना गरेको आरोप लागेको छ । त्यस्तै विदेशीहरुले स्कुलका विद्यार्थीहरुलाई ट्रयाक हाल्न दिएको रकमको समेत हिनामिना गरेको आरोप लागेको छ । हिनामिनाको कुरा उठेपछि प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालय काभ्रेले विद्यालयमा छापा समेत हानेको थियो । छापामा प्राप्त डकुमेन्ट्सको आधारमा हिनामिना भएको ठहर निकाले पनि त्यस पछि के कार्वाहि भयो भन्ने उल्नेख छैन् ।

    हिनामिना भएपछि अख्तियार र सर्तकता केन्द्रमा मुद्धा पर्दा पर्दै रिटायर भएपनि मुद्धाको टुङगो नलगाई निवर्तमान प्रअ कर्माचार्यको किताव खानाले केहि काम अगाडी नवढाओस भन्ने स्थानीयको माग छ ।

    २०७५ सालमा विद्यालय सञ्चालनको बिषयमा विद्यालयका शिक्षकलाई गालिबेजति गरेको अभियोगमा जिल्ला अदालत काभ्रेले २०७५ साल चैत्र ४ गते फैसला गर्दै दुई हजार जरिवाना र अभियोग पत्र दर्ता गराउने शिक्षकलाई १ हजार क्षतिपुर्ती दिनुपर्ने फैसला गरेको थियो । सो फैसलाको कार्यान्ययन समेत नगरेको आरोप कर्माचार्य माथी छ ।

    यस विषयमा विर्तमान प्रअ कमाचार्यले आफुले हिनामिना नगरेको बताउँदै सबै कागजपत्र विद्यालयमा रहेकोले जस्ले पनि हेर्न सक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस