२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

चौरीदेउरालीका एक पुरुषको कोरोनाको कारण मृत्यु, ५८ नयाँ सङ्क्रमित थपिए

  • २०७७ मंसिर ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४३२ पाठक संख्या
  • कोरोना संक्रमणबाट काभ्रेको चौरी देउराली गाउँपालिकाका ७० बर्षिय पुरुषको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पुरुषको सोमवार बिहान उपचारका क्रममा बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा मृत्यु भएको जनाएको छ । उनमा मंसिर ४ गते कोरोना सङ्क्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । मृतकको दुवै फोक्सोमा निमोनिया भएको शिर मेमोरियल अस्पताल बनेपाले जनाएको छ ।

    त्यस्तै स्वास्थ्य कार्यालय काभ्रेले सोमबार जिल्लामा ५८ नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

    थपिनेमा बनेपा नगरपालिकाबाट २२ जना, धुलिखेलबाट ९ जना, पनौती नगरपालिकाबाट १३ जना, पाँचखालबाट ५ जना, नमोबुद्ध नगरपालिबाट दुई जना, तेमाल गाउँपालिकाबाट दुई जना, रोशी गाउँपालिकाबाट एक जना, बेथानचोक गाउँपालिकाबाट तीन जना र चौरीदेउराली गाउँपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

    आजै जिल्लामा ५० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस