२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मण्डनदेउपुरका ३७ विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

  • २०७७ मंसिर ८, सोमबार मा प्रकाशित २ साल अघि
  • ७८७ पाठक संख्या
  • मण्डनदेउपुर नगरपालिकाका ३७ विद्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण भएको छ ।

    कोभिड–१९ लाई लक्षित गरी मण्डनदेउपुर नगरका ३७ विद्यालयका ४२ सय विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । मण्डनदेउपुरमा विद्यालयलाई ९ हजार थान कपडा र सर्जिकल मास्क, २ हजार थान सावन, स्यानिटाईजर ३५ लिटर,  १३ थान थर्मल गन वितरण गरिएको थियो । सिपाघाट प्रहरी चौकी र हिगुवापाटी प्रहरी चौकीलाई समेत थर्मल गन र सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो ।

    मण्डनदेउपुर नगरपालिका वडा नं ५ नेपाली काँग्रेसका वडा सभापति सागर लामिछानेको समन्वय, नेपाली काँग्रेसका जिल्ला सदस्य चन्द्र ढकालको पहलमा वितरण भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, उपसभापति अच्युत पौडेल, क्षेत्रीय सचिव आनन्द सापकोटा, काभ्रे काठमाण्डौ सम्पर्क मञ्चका महासचिव नारायण सापकोटा, नगर सभापति रामहरि सापकोटा, वडा नं ५ का अध्यक्ष नेत्रप्रसाद ढकाल, नगर सचिव कुमार ढकाल, विभिन्न वडाका वडा अध्यक्ष, वडा सभापति लगायतको सहभागिता रहेको थयो । वितरण कार्यक्रमलाई लायन्स क्लब, गुरु ढकाल, योगेन्द्रढकाल, टंक ढकाल, उद्धव बानिया लगायतको सहयोग रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस